हाम्रो दर्शन

हाम्रो दर्शन

हाम्रो विश्वास

हामी विश्वास गर्छौँ कि नेपालको भविष्य नारा, व्यक्तिपूजा वा भावनात्मक राजनीतिले होइन
तथ्य, नीति, प्रविधि र जिम्मेवार नागरिक सहभागिताले निर्माण हुन्छ।
Gen XYZ United Movement कुनै दल होइन
यो सोचको आन्दोलन हो
जहाँ अनुभव, ऊर्जा र नवप्रवर्तन एउटै दिशामा अघि बढ्छन्।

किन Gen XYZ

नेपालको राजनीति लामो समयदेखि दुई चरम सीमामा अड्किएको छ
एकातिर पुरानो सोच
अर्कोतिर अव्यावहारिक सपना

हाम्रो दर्शन यी दुईबीचको सन्तुलन हो
व्यावहारिक समाधान
दीर्घकालीन सोच
डाटा र प्रमाणमा आधारित नीति

Smart Centrism

हामी कुनै विचारधाराको कट्टर अनुयायी होइनौँ
हामी समाधानका पक्षमा छौँ

Smart Centrism भन्नाले
जहाँ जुन नीति काम गर्छ
त्यही अपनाइन्छ
वाम वा दक्षिण भनेर होइन
परिणाम हेरेर निर्णय गरिन्छ

Responsible Neo Enterprise Economy

हामी केवल राज्यमा निर्भर विकासको विरोध गर्छौँ
र अनियन्त्रित पूँजीवादको पनि समर्थन गर्दैनौँ

हाम्रो सोच

उद्यमशीलता प्रोत्साहन
नवप्रवर्तनलाई संरक्षण
र सामाजिक उत्तरदायित्वलाई अनिवार्य बनाउने

आर्थिक वृद्धि र सामाजिक न्याय

दुवै एकसाथ सम्भव छ भन्ने हाम्रो विश्वास हो।